विमान दुर्घटनामा मृत्यु भएकाको शव कहिले पाउँछन् आफन्तले?

हिमाल प्रेस १० साउन २०८१ ८:०८ | Thursday, July 25, 2024
विमान दुर्घटनामा मृत्यु भएकाको शव कहिले पाउँछन् आफन्तले?

काठमाडौँ- सौर्य एयरलाइन्सको बुधबार दुर्घटना भएको विमानमा मृत्यु भएकाको शव अहिले पोस्टमार्टम भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन्। पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन्। एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घन्टा लाग्ने चिकित्सकले बताएका छन्। ‘एउटै शव पोस्टमार्टम गर्न चार घण्टा लाग्ने भएकाले भोलिमात्रै शव आफन्तलाई बुझाउन सकिन्छ,’ अस्पताल स्रोतले भन्यो।

सबैको पोस्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन्।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो। जसमा परेर मृत्यु भएका १८ जनाको पोस्टमार्टम भइरहेको हो।

प्रकाशित: १० साउन २०८१ ८:०८ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast