सांकेतिक तस्बिर।
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। ‘एयर अरेबियाको उडानमार्फत सारजाहाबाट काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचका क्रममा आइतबार राति पक्राउ गरिएको हो,’ उनले भने।
घिण्डका साथबाट सिक्री एक थान, बाला दुई थान, मोबाइल चार थान र ल्यापटप चार थानसमेत बरामद भएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।
प्रकाशित: ३१ असार २०८१ २०:४८ | Monday, July 15, 2024
प्रतिक्रिया




