विपद् अपडेट : मृत्यु संख्या १३० पुग्यो, ९ जना बेपत्ता

हिमाल प्रेस ६ साउन २०८१ २१:२२ | Sunday, July 21, 2024
विपद् अपडेट : मृत्यु संख्या १३० पुग्यो, ९ जना बेपत्ता फाइल तस्बिर

काठमाडौँ- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायतका विपद्मा परी आज (आइतबार) दिउँसोसम्म एक सय ३० जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा एक सय ३० जनाको मृत्यु भएको छ।

यसै गरी बाढी पहिराकै कारण आजसम्म काठमाडौँ उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ४४ जना घाइते भएका छन्।

बाढी पहिरामा परी कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी नौ जना बेपत्ता भएका प्रवक्ता कार्कीले बताए। बेपत्ताको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको कार्कीले जानकरी दिए।

बाढीपहिरा कै कारण आजसम्म पाँच सय ८९ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार नौ सय ९८ घरपरिवार विस्थापित भएका छन्।

प्रकाशित: ६ साउन २०८१ २१:२२ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast