विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

हिमाल प्रेस ३ साउन २०८१ १०:५७ | Thursday, July 18, 2024
विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु अविरलवर्षा पछि आएको बाढिले क्षतिग्रस्त मेलम्ची-११ स्थित फट्टेमा राखिएको ह्युम पाइप (अस्थायी पुल)। तस्बिर : रासस

मोरङ- प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए।

यसैगरी प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते हुन्। प्रवक्ता दाहालका अनुसार जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका, चार सय ९६ स्थानमा पहिरो खस्दा नौजना पुरिएका र २० जना घाइते भएका छन्।

एक वर्षमा प्रदेशभर सात हजार नौ सय आठवटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन्।

प्रकाशित: ३ साउन २०८१ १०:५७ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast