काठमाडौँ- नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन १६१२ मिटर लामो लेनडाँडा सुरुङमार्ग आज छिचोलिएको छ।
प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरे।सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे। उनले सरकारबाट सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सबैलाई धन्यवाद पनि दिए।
उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए।
गत जेठ ४ गते लेनडाँडाको दुई सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १६३३ मिटरको सुरुङ छिचोलिएको थियो। आज भने निजगढबाट काठमाडौँतर्फ आउने सुरुङ छिचोलिएको हो।
 
 
 
 

                                             
                                             
                                             
                                             
                                             
                                             

