लघुवित्तको खुद नाफाको तीन प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्न राष्ट्र बैंककाे निर्देशन

हिमाल प्रेस १४ साउन २०८१ ११:३१ | Monday, July 29, 2024
लघुवित्तको खुद नाफाको तीन प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्न राष्ट्र बैंककाे निर्देशन नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्तको खुद नाफा ग्राहक संरक्षण कोषमा राख्नुपर्ने रकम बृद्धि गरेको छ। राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशन पत्र जारी गर्दै हाल खुद नाफाको एक प्रतिशत रकम बृद्धि गर्दै तीन प्रतिशत पुर्‍याएकाे हाे।

चालु आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाले आगामी तीन वर्षसम्म खुद नाफाको तीन प्रतिशतसम्मको रकम ऋणीको हित राख्नुपर्ने निर्देशन पत्रमा उल्लेख छ।

आगामी आर्थिक वर्ष २०८२ असारमा १.५ प्रतिशत, २०८३ असार २ प्रतिशत र २०८४ मा तीन प्रतिशत रकम कोषमा जम्मा गर्नु पर्नेछ। राष्ट्र बैंकका अनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको तीन प्रतिशत रकम कोषमा राख्नुपर्ने हुन्छ।

यसका लागि कोषमा छुटै व्यवस्था गरिएको छ। ऋणीको हितमा खर्च गर्नेगरी अलग्गै ग्राहक संरक्षण कोषमा खुद नाफाको तीन प्रतिशतसम्मको रकम जम्मा गर्नुपर्ने बैंकले जनाएकाे छ।

प्रकाशित: १४ साउन २०८१ ११:३१ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast