रौतहटको वाग्मती नदीमा बेपत्ता बालकको शव फेला

हिमाल प्रेस १ साउन २०८१ १८:२८ | Tuesday, July 16, 2024
रौतहटको वाग्मती नदीमा बेपत्ता बालकको शव फेला प्रतीकात्मक तस्बिर।

रौतहट- रौतहटस्थित वाग्मती नदीमा बेपत्ता बालकको शव आज (मंगलबार) प्रहरीले फेला पारेको छ। सोमबार वाग्मती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो। एक बेपत्ता थिए।

गढिमाइ नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० का सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए।

पानीमा डुबेका अन्य दुई बालकहरू १३ वर्षीय सैदुला कवाडी र आठ वर्षीय हसर कवाडीको सकुशल उद्धार गरिएको हुमागाईंले बताए। पानीमा डुबेका सैदुला कवाडीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उनले बताए।

बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो।

प्रकाशित: १ साउन २०८१ १८:२८ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast