रोड्री युरो २०२४ का ‘प्लेयर अफ द टुर्नामेन्ट’, यी खेलाडीले पाए गोल्डेन बुट

हिमाल प्रेस ३१ असार २०८१ ८:०४ | Monday, July 15, 2024
रोड्री युरो २०२४ का ‘प्लेयर अफ द टुर्नामेन्ट’, यी खेलाडीले पाए गोल्डेन बुट

काठमाडौँ- उपाधि विजेता स्पेनका मिडफिल्डर रोड्री युरो २०२४ का प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्। रोड्रीले टुर्नामेंटमा स्पेनका लागि सात खेलहरू मध्ये ६ खेल खेलका छन्। इंग्लिस टिम म्यान्चेस्टर सिटीका मिड फिल्डर यी खेलाडीले  उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। उनकै सहायतामा स्पेनले उपाधि जित्नका साथै प्रतियोगिताभर अपराजित रह्यो।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले युरो कप २०२४ मा तीन–तीन गोल गरेका अन्य पाँच खेलाडीसँग गोल्डेन बुट बाँडेका छन्। स्पेनका डानी ओल्मो, नेदरल्यान्ड्सका कोडी गाक्पो, जर्मनीका जमाल मुसियाला, स्लोभाकियाका इभान सरान्ज र जर्जियाका जर्ज मिकाउताड्जेले पनि गोल्डेन बुट जितेका छन्।

युरो २०२४ को फाइनलमा केन र ओल्मो दुवैले गोल गर्न सकेनन्, जुन खेलमा स्पेन २-१ ले विजयी भएको थियो। यसअघिका युरोमा टाईब्रेकरका रुपमा असिस्टको प्रयोग गरिएको थियो।

जसअनुसार लाइपजिगका मिडफिल्डर ओल्मोले यो पुरस्कार पाउने थिए। प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनका १७ वर्षीय विङ्गर लामिन यामालले पाए । उनले जर्मनीमा चार गोलको अवसर सिर्जना र एक गोल गरेका थिए।

प्रकाशित: ३१ असार २०८१ ८:०४ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast