नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।
काठमाडौँ- नेपाल राष्ट्र बैंककाे बाेर्ड बैठकले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति पारित गरेकाे छ।
आज बिहान बसेकाे बाेर्ड बैठकले मौद्रिक नीति पारित गरेकाे हाे। बैठकले आजै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेकाे छ।
मौद्रिक नीतिमा सेयर बजार, घरजग्गालगायतका क्षेत्रमा खुकुलो नीति लिनेसक्ने अनुमान गरिएको छ।
त्यस्तै कर्जा, अटोमोबाइललगायत समग्रमा अर्थतन्त्रलाई सहयोग हुनेगरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको छ।
प्रकाशित: ११ साउन २०८१ ११:२४ | Friday, July 26, 2024
प्रतिक्रिया





