राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान

हिमाल प्रेस २८ असार २०८१ २०:३३ | Friday, July 12, 2024
राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेका छन्। पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पाैडेलले आइतबार साँझ ५ बजेसम्मकाे समय दिएका छन्।

संसदमा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।

प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ। विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी थिए।

राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर पेस गर्ने तयारी भएको छ।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नेछन्। अन्य साना दलहरुलाई पनि सरकारमा सहभागी गराउने बताइएको छ।

प्रकाशित: २८ असार २०८१ २०:३३ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast