रामेछापमा पहिरोमा पुरिएर तीन जनाको गयाे ज्यान

हिमाल प्रेस ११ साउन २०८१ ६:३२ | Friday, July 26, 2024
रामेछापमा पहिरोमा पुरिएर तीन जनाको गयाे ज्यान प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- रामेछापको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएकाे छ।

बिहीबार बेलुकी करिब पाैने ९ बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए।

राति नै स्थानीयकाे सहयाेगमा पहिराे पन्छाएर प्रहरीले शव बाहिर निकालेकाे छ।

प्रकाशित: ११ साउन २०८१ ६:३२ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast