रातिको वर्षाले उर्लिए उपत्यकाका खोला

हिमाल प्रेस १६ साउन २०८१ ६:२७ | Wednesday, July 31, 2024
रातिको वर्षाले उर्लिए उपत्यकाका खोला फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो। भारी वर्षासँगै बागमती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको छ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेकोले त्यहाँ पनि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित: १६ साउन २०८१ ६:२७ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast