राजन भुसालले सके ‘एक्टर’ को छायांकन

हिमाल प्रेस २ साउन २०८१ १८:०० | Wednesday, July 17, 2024
राजन भुसालले सके ‘एक्टर’ को छायांकन

काठमाडौँ- फिल्म ‘एक्टर’ को छायांकन सकिएको छ। पोखरामा १० दिन र काठमाडौँमा ३५ दिन गरी ४५ दिनमा छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए।

फिल्ममा समावेश एक गीतको छायांकन भने युरोपमा गर्ने तयारी रहेको उनले बताए। साथै उनले प्रदीप खड्कालाई दर्शकले फरक भूमिकामा देख्न पाउने जिकिरसमेत गरे।

‘समय लगाएरै फिल्मको छायांकन सकिएको छ। फिल्म कस्तो बन्यो भन्ने हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइहाल्नु हुनेछ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नु हुनेछ।’ उनले भने।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी (पिके), बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय छ। दिव्याको यो डेब्यु फिल्म हो। भने राजबल्लभ यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन्।

फिल्म कात्तिक १५ मा लक्ष्मीपूजाको दिन प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। अदृत फिल्मस्को प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको फिल्ममा थमन कुमार भण्डारीको लगानी छ। एनिस भुसाल सह-निर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। फिल्मका छायाकार नरेन्द्र मैनाली हुन्।

प्रकाशित: २ साउन २०८१ १८:०० | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast