रवि लामिछानेले भने : ममाथि आजैबाट अनुसन्धान थाल्नुस्

हिमाल प्रेस ३० असार २०८१ १३:२८ | Sunday, July 14, 2024
रवि लामिछानेले भने : ममाथि आजैबाट अनुसन्धान थाल्नुस् रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ– काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन्।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न प्रश्न उठिरहेको बताए। ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन,’ उनले भने, ‘न कसैको सरुवा गर्नुस् भनेको छु। न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु। तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस्।’

उनले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए। सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएको छ। लामिछाने आफैँ गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान प्रभावित पारेको आरोप लाग्दै आएको थियो।

प्रकाशित: ३० असार २०८१ १३:२८ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast