काठमाडौँ- बत्तीसपुलतीस्थित शिल्पी थिएटरमा २०७९ फागुन १७ देखि चैत २५ सम्म मञ्चन भएको नाटक ‘विमोक्ष’ युट्युबमा सार्वजनिक भएको छ। नाटक थिएटरकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
दलित समुदायले भोग्नु परेको सामाजिक विभेद, यौनकुण्ठा र त्यसभित्रको मनोविज्ञानलाई प्रेमका माध्यमबाट देखाइएको नाटकका लेखक घिमिरे युवराज हुन्। उनले यसै शीर्षकमा नाट्यपुस्तक पनि सार्वजनिक गरेका छन्।
प्रवीण खतिवडाले निर्देशन गरेकाे नाटकमा कलाकार सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का र सागर खाती कामीको अभिनय छ।
यस्तो छ नाटक
प्रकाशित: १ साउन २०८१ १२:२१ | Tuesday, July 16, 2024
प्रतिक्रिया




