युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको रूसको दाबी

हिमाल प्रेस १५ साउन २०८१ १८:२५ | Tuesday, July 30, 2024
युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको रूसको दाबी प्रतिनिधिमूलक तस्बिर।

मस्को (रासस / एएफपी)- रूसी सेनाले म‌ंगलबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी गरेको छ। रूसको रक्षा मन्त्रालयले टोरेट्स्कको बाहिरी इलाकामा रहेको पिभ्डेन गाउँलाई नियन्त्रणमा लिएको जनाएको हो ।

युक्रेनी सरकारका अनुसार सन् २०२२ मा रूसले सैन्य आक्रमण सुरु गर्नुअघि यस गाउँको जनसंख्या करिब एक हजार ४०० रहेको थियो। रूसले पूर्ण रूपमा नियन्त्रण नगरेता पनि सन् २०२२ मा डोनेट्स्कसहित पूर्वी र दक्षिणी युक्रेनका अन्य तीन क्षेत्र कब्जा गरेको जनाएको थियो।

कुनै समय लगभग ३० हजार मानिसहरूको बसोबास रहेको टोरेट्स्क सहर हाल रूसी सेनाको निशानामा छ। पिभ्डेन गाउँ टोरेट्स्क सहरबाट करिब ६ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ।

प्रकाशित: १५ साउन २०८१ १८:२५ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast