यी हुन् धेरै आयात हुने १० वस्तु

हिमाल प्रेस ७ साउन २०८१ १६:०५ | Monday, July 22, 2024
यी हुन् धेरै आयात हुने १० वस्तु वीरगन्ज भन्सार। फाइल तस्बिर

काठमाडौँ– आर्थिक वर्ष २०८०/८१ मा नेपालमा सबैभन्दा बढी डिजेल आयात भएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार डिजेल १ खर्ब ४३ अर्ब ९७ करोडको डिजेल आयात भएको छ। यसैगरी दोस्रो बढी आयात हुने वस्तु पेट्रोल हो। गत आर्थिक वर्षमा ६८ अर्ब १० करोड रुपैयाँको पेट्रोल आयात भएको छ।

ग्यास ५५ अर्ब ६१ करोड, फलामको कच्चा पदार्थ ३९ अर्ब तीन करोड तथा फलामको पाता/डन्डी आदि ३४ अर्ब ५७ करोड रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

सबैभन्दा धेरै आयात हुने वस्तुमध्ये स्मार्टफोन छैटौँ स्थानमा छ। गत आवमा २८ अर्ब ६६ करोड रुपैयाँको स्मार्टफोन आयात भएको थियो। औषधिका कच्चा पदार्थ २७ अर्ब ४६ करोड, सुन २३ अर्ब ६५ करोड र कोइला २२ अर्ब ८९ करोड रुपैयाँको आयात भएको छ। यसैगरी हवाई इन्धन २० अर्ब ७८ करोड रुपैयाँको आयात भएको छ।

प्रकाशित: ७ साउन २०८१ १६:०५ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast