मोर्डनकन्यामा कविता वाचन गरेर मनाइयाे भानुजयन्ती

हिमाल प्रेस २९ असार २०८१ १४:४१ | Saturday, July 13, 2024
मोर्डनकन्यामा कविता वाचन गरेर मनाइयाे भानुजयन्ती

काठमाडौँ-   साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनप्रति श्रद्धा व्यक्त गरेका छन्।

भीमसेनगोलास्थित मोर्डनकन्या मल्टिपल कलेजद्वारा दुईसय११औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरूले आदिकविको तस्बिरमा माल्यार्पण गर्नुका साथै उनको योगदान र परिचय दिलाउने कविता वाचन गरे।

त्यसअवसरमा साहित्यकार शैलेन्द्र साकार, डा.रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाध्न पुर्‍याएको योगदानको चर्चा गरे।

भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उनीहरूले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ समृतिमा रहने बताए।

कार्यक्रममा भानुजयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगीताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रममा छात्राहरू रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गरे। नेपालमा मात्र नभई नेपालीभाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रमगरी भानुजयन्ती मनाउने गरेका छन्।

प्रकाशित: २९ असार २०८१ १४:४१ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast