मोदीलाई धन्यवाद दिँदै ओलीले भने : नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन प्रतिबद्ध छु

हिमाल प्रेस ३१ असार २०८१ १७:५८ | Monday, July 15, 2024
मोदीलाई धन्यवाद दिँदै ओलीले भने : नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन प्रतिबद्ध छु मोदी र केपी ओली । फाइल तस्बिर

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफू मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार भारतीय समकक्षीले दिएको बधाई सन्देशको जवाफ दिँदै ओलीले नेपाल-भारत सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्। ‘धन्यवाद, प्रधानमन्त्री नरेन्द्र मोदी, बधाईको लागि। पारस्परिक हितका लागि नेपाल-भारत सम्बन्धलाई मजबुत बनाउन प्रतिबद्ध छु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाल-भारत ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइ दिन सकिने उनले जनाएका छन्।

सोमबार बिहान भारतका प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल एक्समार्फत नै बधाई दिएका थिए। मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेर काम गर्न तत्पर रहेको बताएका थिए।

प्रकाशित: ३१ असार २०८१ १७:५८ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast