‘मोदीबेनी’को गीतमा वर्षा र अमरकाे प्रेम

हिमाल प्रेस ३० असार २०८१ १६:०४ | Sunday, July 14, 2024
‘मोदीबेनी’को गीतमा वर्षा र अमरकाे प्रेम

काठमाडौँ- फिल्म ‘मोदीबेनी’को ‘मन्जुरी’ बोलको गीत सार्वजनिक भएको छ। गीत एसडी योगी र विज्ञानी पराजुलीले गाएका छन्।

राम अविरल विष्टको शब्द रहेको गीतमा गायक एसडीले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठ अभिनीत छन्। भिडियोमा उनीहरुको प्रेम यात्रालाई चित्रण गरिएको छ।

फिल्मका निर्देशक शङ्कर कोइराला हुन्। पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित फिल्ममा प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्यलगायत कलाकारको अभिनय छ।

फिल्म साउन १८ गते प्रदर्शन हुनेछ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मका निर्माता दिलीप के.सी. हुन्। फिल्म साउन १९ गते प्रदर्शन हुनेछ।

प्रकाशित: ३० असार २०८१ १६:०४ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast