मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन : उपसभामुख राना

हिमाल प्रेस ४ साउन २०८१ १५:५५ | Friday, July 19, 2024
मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन : उपसभामुख राना अमेरिकी दूतावासमा लेखेको पत्र विवादित बनेपछि उपसभामुख इन्दिरा रानामगरले साउनमा दिएको स्पस्टीकरण र उपसभामुख रानामगर।

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूबारे अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे ध्यानाकर्षण गराएकी छन्। आज शुक्रबार विज्ञप्ति जारी गर्दै  रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा जानेहरू कसैको पनि भिसाका लागि अनुरोध नगरेको दाबी गरेकी हुन्।

उक्त कार्यक्रममा आफ्ना सहयोगीसमेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनको दाबी छ।

‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’

उपसभामुख रानाले दूतावासमा अन्तर्वार्ताका लागि विभिन्न व्यक्तिको नाम उल्लेख गर्दै लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा परेकी छन्। उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको थियो। यसबारे उपसभामुख सम्बद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही बोलेको छैन।

त्यसो त आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि सभापति रामहरि खतिवडाले सभामुखको जवाफ मागेका थिए। जवाफमा सभामुख देवराज घिमिरेले यसबारे छुट्टै छलफल गर्ने बताएका थिए।

प्रकाशित: ४ साउन २०८१ १५:५५ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast