मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका स्थानीय तह बिदा

हिमाल प्रेस १२ साउन २०८१ ६:४८ | Saturday, July 27, 2024
मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका स्थानीय तह बिदा

काठमाडौँ- कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आइतबार काठमाडौं उपत्यकाभर बिदा दिइएको छ। उपत्यका मेयर्स फोरमले आइतबार स्थानीय तहजन्य कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो। फोरमले उपत्यकाभरका पालिकाहरुमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै त्यस दिन आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराएका छन्। नकर्मीको बिहीबार निधन भएको थियो ।

प्रकाशित: १२ साउन २०८१ ६:४८ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast