मुकुल ढकालको गम्भीर आरोप : रवि र डीपीले पार्टीको पैसा आफैँ राखे

हिमाल प्रेस २६ असार २०८१ १६:०९ | Wednesday, July 10, 2024
मुकुल ढकालको गम्भीर आरोप : रवि र डीपीले पार्टीको पैसा आफैँ राखे मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी अपचलनसँगै पार्टीभित्र पनि आर्थिक गतिविधि गरेको आरोप लगाएका छन्।

पार्टीले साधारण सदस्यबाहेक सबै पदबाट बर्खास्त गरिदिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्,’ उनले भने,’हिजो गोरखा मिडियामा हुँदा सबै गल्ति जीबीले गरेको भन्ने, आज पार्टीमा सबै गलत काम जति महामन्त्रीले भन्ने।’

ढकालले पार्टी उपसभापति डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन्।

‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’, उनले भने, ‘यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन।’

ढकालले रवि लामिछानेको क्लवबाट मुक्त गर्दै पार्टी बनाउन सहयोग गर्न आग्रह गरे। कारबाहीअघि ढकाल रास्वपाको केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए। उनलाई रास्वपाले ३५ दिनभित्र कारबाहीबारे पुनरावेदन दिन सक्ने पनि जनाएको छ।

प्रकाशित: २६ असार २०८१ १६:०९ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast