 
                             
                                            काठमाडौँ- फिल्म ‘माइली’मा करिश्मा मान्नधर अनुबन्धित भएकी छन्। फिल्ममा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भइसकेकी छन्। पहिलोपटक उनीहरूलाई एकसाथ हेर्न दर्शकलाई रोचक हुनेछ।
रुना इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘माइली’लाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन्। यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिने निर्देशक बलामीले बताए।
यसमा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहेको छ।
                            प्रकाशित: २२ असार  २०८१ १२:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 