महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ

हिमाल प्रेस ७ साउन २०८१ १८:४६ | Monday, July 22, 2024
महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ- महिला प्रहरीमाथि हातपात गरेको आरोपमा एक वकिल पक्राउ परेकी छन्। आज सोमबार दिउँसो २:१५ बजे महिला प्रहरीमाथि हातपात गरेको आरोपमा
लिंकन ल फर्ममा कार्यरत लुमा चौधरी (२८)लाई पक्राउ गरेको हो।

पक्राउ परेकी वकिललाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।

सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद पाण्डेले छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भइसकेको मुद्दाको नक्कल लिनेक्रममा विवाद भएको थियो। त्यहाँ विवाद चर्किँदै गएपछि अदालत प्रशासनले प्रहरी बोलाएको थियो।

सोहीक्रममा पुगेकी महिला प्रहरीले घटनाबारे सोध्दा उनीमाथि नै ती वकिलले हातपात गरेको प्रहरीले जनाएको छ। लगत्तै उनलाई पक्राउ गरिएको अधिकारीको भनाइ छ।

प्रकाशित: ७ साउन २०८१ १८:४६ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast