महान्यायाधिवक्‍ता रमेश बडालले लिए शपथ

हिमाल प्रेस ३ साउन २०८१ १५:३३ | Thursday, July 18, 2024
महान्यायाधिवक्‍ता रमेश बडालले लिए शपथ

काठमाडौँ- नेपाल सरकारको महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ चाबहिल बस्ने वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख समेत हुन्।

प्रकाशित: ३ साउन २०८१ १५:३३ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast