मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक

हिमाल प्रेस ८ साउन २०८१ १८:०९ | Tuesday, July 23, 2024
मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक तस्बिर : कुन्द दीक्षितको फेसबुक

काठमाडौँ– २०८० सालको मदन पुरस्कारका लागि पाँचवटा पुस्तक छानिएका छन्। यसरी छानिएका पुस्तकहरूमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणीता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’का ‘सन्त्रासका साठी दिन’ छन्।

मदन पुरस्कारका लागि प्राप्त ३०४ किताबबाट पाँच कृति छनोट भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘छनोट भएका ५ पुस्तकमध्ये एकलाई ०८० सालको मदन पुरस्कार अर्पण गरिनेछ।’

प्रकाशित: ८ साउन २०८१ १८:०९ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast