भेनिसमा प्रदर्शन हुँदै दीपककाे ‘पूजा, सर’

हिमाल प्रेस ९ साउन २०८१ १३:३३ | Wednesday, July 24, 2024
भेनिसमा प्रदर्शन हुँदै दीपककाे ‘पूजा, सर’
काठमाडौँ- विश्वकै पुरानो मानिने ‘भेनिस फिल्म महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली फिल्म ‘पूजा, सर’ छनोट भएको छ।
आगामी भदौ १२ देखि २२ गतेसम्म चल्ने  भेनिसकाे ८१औँ संस्करणमा फिल्म छनोट भएकाे निर्देशक दीपक रौनियारले बताए। महोत्सवमा  छनोटको खबर पाएसँगै यसलाई सुखद यात्राको आरम्भका रुपमा लिएकाे निर्देशक रौनियारले बताए।

छायांकनका क्रममा ‘राजागञ्ज’ नाम राखिएको फिल्मको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा,सर’ राखेका थिए। फिल्ममा महिला प्रहरीको कथा समेटिएको छ।

फिल्ममा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरुङ, निरज श्रेष्ठ, पशुपति राईलगायतले अभिनय गरेका छन्। ‘अघिल्ला फिल्म झैँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट प्रदर्शन (वल्र्ड प्रिमियर) प्रारम्भ हुँदैछ, यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको फिल्मले विश्व फिल्म मञ्चमा कस्तो यात्रा गर्ला?  यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ’ , निर्देशक रौनियारले भने।
यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ले यही विधामा छनोट हुने पहिलो नेपाली फिल्म इतिहास रचेको थियो। गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गरेकाे ‘द रेड सुटकेस’ छनोट भएको थियो ।
विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपाल प्रदर्शन गर्ने तयारी गरिएको फिल्म  ‘पूजा, सर’ लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ। जनकपुरमा छायांकन गरिएको हाे।
प्रकाशित: ९ साउन २०८१ १३:३३ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast