काठमाडौँ- कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा सोमबार १४ भेडा मरेका हुन्। खाँडाचक्र नगरपालिका–६ का स्थानीय लंक शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए।
‘प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्’, उनले भने, ‘स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते हुनुभएको छ।’ वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन्।
प्रकाशित: १ साउन २०८१ ७:५२ | Tuesday, July 16, 2024
प्रतिक्रिया




