भारतमा भाउ घट्दा पनि नेपालमा बढेको बढ्यै, तस्कारीको सम्भावना

हिमाल प्रेस १० साउन २०८१ ८:०२ | Thursday, July 25, 2024
भारतमा भाउ घट्दा पनि नेपालमा बढेको बढ्यै, तस्कारीको सम्भावना

काठमाडौँ- भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ।

भारत सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ।

बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपियाँ सस्तो भएको छ । मंगलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपियाँमा कारोबार भएको छ । भारतको तुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपियाँ महँगो छ ।

भारतमा सुनचाँदीमा भन्सार शुुल्क घट्दा त्यसको प्रभावले नेपालमा चोरी तस्करी बढ्ने व्यवसायीको भनाइ छ । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा थप चोरीपैठारी बढ्ने सम्भावना रहेको बताए।

भारतभन्दा नेपालमा सुनको मूूल्य महँगो हुुँदा गैरकानुुनी तबरबाट सुनको काराबोर बढ्ने हुुँदा बजारलाई धराशायी बनाउने उनको भनाइ छ । खुुला नाकासँगै नेपालमा सुनको मूल्य महँगो हुुँदा जसले पनि सुन ल्याएर नेपालमा बिव्रmी गर्न सकिने उनले बताए।

उनले भने, ‘यसले नेपाली सुुनचाँदी बजारमा प्रत्यक्ष असर पर्नुुका साथै बजारमा तस्करी बढ्ने हुुँदा सुनमा लगाउँदै आएको भन्सार शुुल्क १० प्रतिशतमा झार्न अति आवश्यक छ।’ गैरकानुुनी तवरबाट नेपालमा सुन भित्रिँदा राजस्व संकलनसमेत कम हुने उनले बताए।

नेपालमा सुन आयातमा भन्सार शुुल्क बढ्दा सुनको मूूल्य थप उच्च भएको छ । चालु आवमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याउनुुभएको थियो । व्यवसायीका अनुसार सुनमा भन्सार दर बढ्दा तोलामा छ हजार रुपियाँले महँगो भएको व्यवसायीको भनाइ छ ।

यसअघि नेपालमा संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङलगायतका मुलुकबाट सुन तस्करी हुँदै भारत जान्थ्यो। भारतले भन्सार दर नेपालको भन्दा सस्तो बनाइदिएपछि भारतबाट सहजै तस्करी बढ्ने देखिएको व्यवसायी बताउँछन्।

प्रकाशित: १० साउन २०८१ ८:०२ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast