‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक

हिमाल प्रेस ४ साउन २०८१ १९:२४ | Friday, July 19, 2024
‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा फिल्मकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्का मुख्यरुपमा फिचर भएकी छन्।

इन्द्रकला राईको स्वर रहेको गीतमा जयन जे वाइवाको शब्द संगीत र संगीत संयोजन छ। गीतमा नेपालीसँगै थारु भाषाको गीतसमेत समेटिएको छ। गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन्।

१७ गते घटस्थापनामा प्रदर्शन हुने फिल्म साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको छ। यो उनीहरुको डेब्यु निर्देशकीय फिल्म हो।

फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुसाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: ४ साउन २०८१ १९:२४ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast