बिरामी बिदा नपाउने भन्ने तानाशाही प्रवृत्तिको सर्कुलर मान्य छैन : राहत शिक्षक

हिमाल प्रेस १५ साउन २०८१ १७:५७ | Tuesday, July 30, 2024
बिरामी बिदा नपाउने भन्ने तानाशाही प्रवृत्तिको सर्कुलर मान्य छैन : राहत शिक्षक फाइल तस्बिर

काठमाडाैँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरूकाे बिरामी बिदा कटाैती गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई गरेकाे पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ। मन्त्रालयले यही साउन ४ गते राहत शिक्षककाे बिरामी बिदा कटाैती गर्न पत्राचार गरेकाे थियाे। समितिले आज एक विज्ञप्ति जारी गर्दै त्यसप्रति ध्यानाकर्षण भएकाे जनाएकाे हाे।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाँईद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,‘शिक्षकको दरबन्दी नभएको बेलामा विशेष परिस्थिमा सामुदायिक विद्यालय तत्कालीन ऐन, नियमावली र कानुनको आधारमा शिक्षक सेवा आयोग र जिल्ला शिक्षा कार्यालयको नियम बमोजिम नियुक्त भएका विशेष प्रकारका (राहत अनुदान कोटा) का शिक्षकको वर्षमा १२ दिन पाउने बिरामी बिदा नपाउने भन्ने तानाशाही प्रवृत्तिको सर्कुलर हामीलाई मान्य नहुने र हामीले हाम्रो तालुकदार मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोधपुछ गर्दा जानकारी नभएको भन्ने आसयले थप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तानाशाही प्रवृत्ति मौलाएको पुष्टि भएको छ।’

राहत शिक्षकले बिगत डेढ दशकदेखि पाउँदै आएको सुविधा कुनै अमुख मन्त्रालयले सर्कुलर गर्दैमा नपाउने भन्ने आशयलाई ४० हजार राहत शिक्षक घोर आपत्ति जनाएकाे विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति

 

शिक्षककाे बिदा कटाैती नगर्न महासंघको चेतावनी

प्रकाशित: १५ साउन २०८१ १७:५७ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast