बालुवाटारमा दाहाल, नेपाल, खनाल र चन्दबीच छलफल

हिमाल प्रेस २६ असार २०८१ १८:१३ | Wednesday, July 10, 2024
बालुवाटारमा दाहाल, नेपाल, खनाल र चन्दबीच छलफल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चाका शीर्ष नेतासँग छलफल गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानीत नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरूसँग छलफल गरेका हुन्।

छलफलका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाइएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले बताए। समाजवादी मोर्चाको हालको संयोजक विप्लव हुन्। तिमिल्सिनाले भने उक्त छलफल समाजवादी मोर्चाको नभई समसामयिक राजनीतिक घटनाक्रमबारे रहेको बताए।

प्रधानमन्त्री दाहालले आगामी शुक्रबार विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत नपाउने लगभग पक्का छ। दाहाल नेतृत्वको सरकार ढलेसँगै कांग्रेस-एमालेसहितको गठबन्धनको सरकार बन्नेछ।

प्रकाशित: २६ असार २०८१ १८:१३ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast