बालविकास शिक्षा सुधारमा जाेड दिँदै काठमाडाैँ महानगर

हिमाल प्रेस १३ साउन २०८१ १०:१४ | Sunday, July 28, 2024
बालविकास शिक्षा सुधारमा जाेड दिँदै काठमाडाैँ महानगर

काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाले विद्यालय शिक्षाकाे आधार प्रारम्भिक बालविकास शिक्षामा जाेड दिएकाे छ।

पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमको कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई सिर्जनात्मक सिकाइका लागि काठमाडौँ महानगरपालिकाले पाठ्यक्रम तर्जुमा गरिरहेको छ।

 जसअन्तर्गत बालविकास शिक्षामा सुधार गरी बालबालिकालाई सिकाइमा अभिवृद्धि गर्ने लक्ष्य महानगरकाे छ।

महानगरपालिकाले शिक्षाको जग बलियो बनाउन प्रारम्भिक बालविकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गरिरहेको हो।

बालविकास सहजकर्ताहरू भने न्यून सेवासुविधा, पारिश्रमिकमा काम गर्नु परेकाे र पेसा गत स्थायित्व नभएकाे भन्दै आन्दाेलन गर्दै आएका छन्।

प्रकाशित: १३ साउन २०८१ १०:१४ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast