वामदेवको प्रस्ताव : सबै कम्युनिस्ट एक बनाउन लागौँ

हिमाल प्रेस १२ साउन २०८१ १४:१४ | Saturday, July 27, 2024
वामदेवको प्रस्ताव : सबै कम्युनिस्ट एक बनाउन लागौँ फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नुपर्ने बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्नुपर्ने प्रश्ताव आफूले राख्नु परेको उनको भनाइ थियो।

पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगयतका कम्युनिष्ट पार्टीका नेताहरु सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिष्ट पार्टीहरु फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए।

उनले केही कम्युनिष्ट पार्टीहरुबीच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए।

प्रकाशित: १२ साउन २०८१ १४:१४ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast