बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंहले पाए विश्वासको मत

हिमाल प्रेस १५ साउन २०८१ १८:०४ | Tuesday, July 30, 2024
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंहले पाए विश्वासको मत बहादुरसिंह लामा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो।

मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा लामाको पक्षमा ६४ मत प्राप्त भएको र विपक्षमा ३५ मत प्राप्त भएको सूचना  प्रदेशसभाका सभामुख भुवन पाठकले  सुनाए।

त्यस्तै, तीन सांसद तटस्थ बसे। मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: १५ साउन २०८१ १८:०४ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast