बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए पदबाट राजीनामा

हिमाल प्रेस ६ साउन २०८१ १५:५० | Sunday, July 21, 2024
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए पदबाट राजीनामा

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताए।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए। प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरे। रासस

प्रकाशित: ६ साउन २०८१ १५:५० | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast