बागमतीमा कांग्रेसबाट मन्त्री भएकाले लिए शपथ, हरि प्रभा सामाजिक विकासमन्त्री

हिमाल प्रेस १२ साउन २०८१ १२:४१ | Saturday, July 27, 2024
बागमतीमा कांग्रेसबाट मन्त्री भएकाले लिए शपथ, हरि प्रभा सामाजिक विकासमन्त्री

बागलुङ- बागमती प्रदेशमा नेपाली कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो। उनले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गरेका छन्। सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिएका छन्। यो सँगै वाग्मतीमा मन्त्रीको संख्या १४ पुगेको छ।

प्रकाशित: १२ साउन २०८१ १२:४१ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast