बागमतीका मुख्यमन्त्रीले साउन ६ मा विश्वासको मत लिने

हिमाल प्रेस १ साउन २०८१ ७:२६ | Tuesday, July 16, 2024
बागमतीका मुख्यमन्त्रीले साउन ६ मा विश्वासको मत लिने

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते दिउँसो एक बजे प्रदेशसभाबाट विश्वासको मत लिने व्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका हुन्।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले चौथोपटक विश्वासको मत लिन लागेका हुन्। सोमबार बिहान सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुेका थिए। ​

प्रकाशित: १ साउन २०८१ ७:२६ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast