काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
                            प्रकाशित: १९ असार  २०८१ ११:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

