बजेट पाएर पनि काम नभएपछि फिर्ता भयो २५ करोड

हिमाल प्रेस ८ साउन २०८१ १६:२० | Tuesday, July 23, 2024
बजेट पाएर पनि काम नभएपछि फिर्ता भयो २५ करोड फाइल तस्बिर

बैतडी- बैतडीका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन्। यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०८१ मा खर्च हुन नसकेर रु २५ करोड २१ लाख ९४ हजार तीन सय ६९ फिर्ता भएको छ।

यहाँका स्थानीय तहहरुका लागि रु दुई अर्ब ८३ करोड ५३ लाख ५७ हजार छ सय ४८ रुपैयाँ बजेट प्राप्त भएको थियो। त्यसमध्ये रु दुई अर्ब ५८ करोड ३१ लाख ६३ हजार दुई सय ७८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए।

पाटन नगरपालिकामा रु ३८ करोड ६६ लाख ८२ हजार दुई सय ३४ रुपैयाँ प्राप्त भएकोमा रु ३३ करोड ८८ लाख ९९ हजार एक सय २३ खर्च भएको थियो। सो नगरपालिकाका लागि प्राप्तमध्ये रु चार करोड ७७ लाख ८३ हजार एक सय १० फिर्ता भएको हो।

दोगडाकेदार गाउँपालिकामा रु ३० करोड २० लाख ८१ हजार दुई सय ९३ रुपैयाँ प्राप्त मध्ये रु २६ करोड ६५ लाख ८१ हजार पाँच सय ३४ खर्च भएको छ। बाँकी रु तीन करोड ५४ लाख ९९ हजार सात सय ५८ फिर्ता भएको छ।

दशरथचन्द नगरपालिकामा रु ४० करोड २४ लाख १८ हजार नौ सय ६० बजेट प्राप्त भएकोमा रु ३७ करोड २४ लाख ९४ हजार दुई सय ३४ खर्च भएको छ। दशरथचन्दबाट रु दुई करोड ९९ लाख २४ हजार  सात सय २५ खर्च हुन सकेन।

पुर्चौंडी नगरपालिकामा रु ३८ करोड २९ लाख ३३ हजार नौ सय ३० बजेट प्राप्त भएकोमा रु ३७ करोड ३९ लाख १८ हजार चार सय तीन  खर्च भइ रु ९० लाख १५ हजार पाँच सय २६ रुपैयाँ फिर्ता भएको छ।

मेलौली नगरपालिकाले रु २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँ अनुदान प्राप्त गरेकोमा रु २४ करोड ३९ लाख ५४ हजार तीन सय ८५ रुपैयाँ खर्च गरेको हो। रु दुई करोड ७२ लाख ७० हजार छ सय ४० फिर्ता भएको छ।

डिलाशैनी गाउँपालिकाबाट गत आवमा रु ६८ लाख ७२ हजार दुई सय ८२ फिर्ता भएको छ। रु २४ करोड ५५ लाख ९९ हजार एक सय ४३ बजेटमध्ये रु २३ करोड ८७ लाख २६ हजार आठ सय ६० खर्च गरेको थियो।

पञ्चेश्वर गाउँपालिकाबाट गत आवमा रु एक करोड ९८ लाख ५० हजार तीन सय ६० फिर्ता भएको छ। रु २० करोड २४ लाख ८८ हजार ९५ बजेटमध्ये रु १८ करोड २६ लाख ३७ हजार सात सय ३४ खर्च भएको जनाइएको छ।

शिवनाथ गाउँपालिकाबाट गत आवमा रु तीन करोड २९ लाख ३४ हजार सात सय ५६ फिर्ता भएको छ। शिवनाथमा रु १८ करोड ६२ लाख ३४ हजार तीन सय ५१ बजेटमध्ये रु १५ करोड ३३ लाख ९४ खर्च भएको छ।

सिगास गाउँपालिकामा रु २१ करोड ६४ लाख ८३ हजार पाँच सय बजेट प्राप्त भएकोमध्ये रु २० करोड नौ लाख ७७ हजार ३१ खर्च भएको छ। सिगासबाट खर्च हुन नसकेर रु एक करोड ५५ लाख छ हजार चारसय ६९ फिर्ता भएको छ।

सुर्नया गाउँपालिकाले रु दुई करोड ७५ लाख ३६ हजार सात सय ३९ फिर्ता गरेको छ। सुर्नयाले रु २३ करोड ९२ लाख १० हजार छ सय १६ प्राप्त गरेकोमा रु २१ करोड १६ लाख ७३ हजार आठ सय ७६ मात्र खर्च गरेको थियो।

सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकोले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए।

‘शीर्षक छुट्याएर बजेट दिएको हुन्छ। सोही शीर्षकमा मात्रै खर्च गर्नुपर्ने हुन्छ’ उनले भने। ठेक्का प्रक्रियाबाट योजना निर्माण गर्दा घटाघटीमा ठेक्का गर्नुपर्ने र निर्धारित बजेट बाँकी रहने भएकोले त्यस्तो बचेको बजेट फेरि खर्च गर्न नमिल्ने हुँदा फिर्ता जाने गरेको उहाँको भनाइ छ।

प्रकाशित: ८ साउन २०८१ १६:२० | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast