 
                             
                                            काठमाडौँ- गायिका कमला घिमिरे अब फिल्ममा अभिनय गर्ने भएकी छन्। उनी बाबु बलामीकाे निर्देशनमा बन्ने फिल्म ‘माइली’मा अनुबन्धित भएकी हुन्। निर्माण टिमले वेलकम भन्दै उनकाे फोटो सार्वजनिक गरेको छ तर उनको भूमिका गोप्य राखिएको छ। गायिका कमला लोक दोहोरीगीत गाएर चर्चामा आएकी थिइन्।
यसअघि फिल्ममा अभिनेत्री प्रियंका कार्की र करिश्मा मानन्धर पनि भित्रिएका छन्। निर्देशक बलामीका अनुसार फिल्म सत्य घटनामा आधारित महिलाको कथामा बन्नेछ।
यही असार अन्तिमबाट छायांकन हुने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिनेछ। फिल्ममा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहनेछ।
                            प्रकाशित: २३ असार  २०८१ ११:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 