‘प्ले द सिस्टम’ साउन २ देखि पुनः मञ्चन

हिमाल प्रेस १ साउन २०८१ १४:०६ | Tuesday, July 16, 2024
‘प्ले द सिस्टम’ साउन २ देखि पुनः मञ्चन

काठमाडौँ- टेकुस्थित कौसी थिएटर (कथा घेरा) मा असार ६ देखि ३१ सम्म मञ्चन भएको नाटक ‘प्ले द सिस्टम’ को एक साता मञ्चन थपिएको छ। नाटक साउन २ देखि ८ गतेसम्म पुनः मञ्चन हुनेछ। दर्शककाे मागअनुसार नै एक साता साे थपेकाे निर्माण टिमले बताएकाे छ।

कथा घेरा प्रोडक्सनको प्रस्तुतिमा बनेको नाटकका निर्देशक आकांक्षा कार्की हुन्। नाटक ‍थेरेसा रेबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली रुपान्तरण हो।

नाटकमा कार्य स्थलमा महिलाप्रति गरिने व्यवहार र पितृसत्ता पक्षलाई देखाइएको छ । प्रियंकरले नेपालीमा अनुवाद गरेको नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो र सुरज मल्लको अभिनय छ। नाटक बेलुका ५ः १५ बजे नियमित मञ्चन हुनेछ।

प्रकाशित: १ साउन २०८१ १४:०६ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast