प्रार्थना सधैँ मेरो

हिमाल प्रेस ५ साउन २०८१ ७:४० | Saturday, July 20, 2024
प्रार्थना सधैँ मेरो

उनका छन् अनेक चाह
पूरा गर्न पुकार्दैछु भगवान्
सधैँ मिलोस् सफलता
कर्ममा सधैँ लागोस् तन मन

नखसुन् आँसुका धारा
नदुखुन् मन त्यो
सदैव खुसी नै खुसी मिलोस्
प्रार्थना सधैँ मेरो

मुस्कान सधैँसधैँ रहोस्
नलुटुन् खुसी कसैले
हिँड्ने बाटो फूलैफूलको होस्
नबिझाऊन् मन कसैले

भेटिउन् माया गर्नेहरू
अप्ठ्यारोमा हात समाउनेहरू
खुट्टा तान्नेको कमी छैन यहाँ
दु:ख पाउँदा रमाउनेहरू

नआत्तिनु असफलता हात पर्दैमा
सफलता नजिक नजिक हुँदैछ त्यो
ठूला र विद्वान्‌हरू नलडी
माथि कहाँ पुगेको छ को?

हिम्मत नटुटोस् कहिले पनि
बल बुद्धि सधैँसधैँ मिलोस्
कीर्ति मातापिताको राख्नु
बचनले कसैलाई नबिझाओस्

लीन हुनु कर्मको ध्यानमा
खराब संगत कतै नलागोस्
जुनीजुनी पछिको मानव जीवनले
सफल सार्थकता पाओस्।

प्रकाशित: ५ साउन २०८१ ७:४० | Saturday, July 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast