प्रहरी हिरासतमा थुनुवाको मृत्यु

हिमाल प्रेस १६ साउन २०८१ १३:४१ | Wednesday, July 31, 2024
प्रहरी हिरासतमा थुनुवाको मृत्यु सांकेतिक तस्बिर।

झापा- इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन्।

खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर-६ बाट पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो।

मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। खड्काको उपचारका क्रममा मृत्यु भएको उनले बताए।

यसैगरी प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी आज अस्पतालमै मृत भेटिएका छन्। अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १६ साउन २०८१ १३:४१ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast