प्रहरी जवानको परीक्षा दिने छ नक्कली परीक्षार्थी पक्राउ

हिमाल प्रेस २९ असार २०८१ १९:५२ | Saturday, July 13, 2024
प्रहरी जवानको परीक्षा दिने छ नक्कली परीक्षार्थी पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

उनका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन्।

यस्तै, पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उनले जानकारी दिए।

प्रकाशित: २९ असार २०८१ १९:५२ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast