प्रधानमन्त्री र उनका सल्लाहकारले रोकेको मौद्रिक नीति शुक्रबार आउने

हिमाल प्रेस १० साउन २०८१ ९:१६ | Thursday, July 25, 2024
प्रधानमन्त्री र उनका सल्लाहकारले रोकेको मौद्रिक नीति शुक्रबार आउने राष्ट्र बैंक

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ। नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिए।

मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उनले शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तय गर्ने बताए। अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो। गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका आर्थिक सल्लाहकार डा‍ युवराज खतिवडाले चासो राखेपछि सार्वजनिक मिति धकेलिएको हो। सल्लाहकार खतिवडाले केही विषयमा हेरफेर गर्नुपर्ने बताएका थिए। यही काण मौद्रिक नीति कस्तो आउँछ चासोको विषय बनेको छ।

प्रकाशित: १० साउन २०८१ ९:१६ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast