प्रधानमन्त्री प्रचण्डले दिए विपद्मा ज्यान गुमाउने नागरिकलाई श्रद्धाञ्जली

हिमाल प्रेस २८ असार २०८१ १२:१४ | Friday, July 12, 2024
प्रधानमन्त्री प्रचण्डले दिए विपद्मा ज्यान गुमाउने नागरिकलाई श्रद्धाञ्जली संसद्मा बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला दिनमा आएको अविरल वर्षा, बाढीपहिरोका कारण ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपद्मा परी घाइतेहरू भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल संसद् भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने,‘हजारौँ शहीदहरूको बलिदान, सयौँ बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौँ सचेत नागरिकको समर्पण छ। उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु।’

प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले) को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए।

प्रकाशित: २८ असार २०८१ १२:१४ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast