प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

हिमाल प्रेस २ साउन २०८१ १५:४६ | Wednesday, July 17, 2024
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार संसद्‌मा विश्वासको मत लिने भएका छन्। सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले आइतबार प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए।

‘यहि साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्री ज्युले विश्वासको मत लिनुहुने जानकारी गराउन चाहन्छु’ उनले भने।

ओली गत आइतबार संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। यो धाराअनुसार बन्ने प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

कांग्रेस, एमाले, जसपा र लोसपासमेत सरकारमा सहभागी भएकाले उनले विश्वासको मत पाउने निश्चित छ। ओली सरकारको पक्षमा हाल कांग्रेसको ८८, एमालेको ७९ (एक सभामुख, एक निलम्बित), जसपाको ७ र लोसपाको ४ सिट गरी १७८ सिट छ।

प्रकाशित: २ साउन २०८१ १५:४६ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast