प्रधानमन्त्रीले विषयान्तर गरेपछि वर्षमानको नियमापत्ति

हिमाल प्रेस ७ साउन २०८१ १५:०३ | Monday, July 22, 2024
प्रधानमन्त्रीले विषयान्तर गरेपछि वर्षमानको नियमापत्ति

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गर्दै विद्युत महसुललगायतका विषयमा केन्द्रित भएर बोल्न थालेपछि सांसद पुन आसनबाट उठेर नियमापत्ति गरेका थिए।

उनले प्रधानमन्त्रीले गालीगलोज गरेको भन्दै आपत्ति जनाएका थिए। पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराएका थिए। त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको बताएका थिए। त्यसपछि मात्र प्रम ओलीले सांसद धनराज गुरुङले गरेको प्रश्नको जवाफ दिन थालेका थिए।

प्रकाशित: ७ साउन २०८१ १५:०३ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast